रजनीको शव अछाममा भेटियो
धनगढी: गत फागुन २३ गते कर्णाली नदीमा हराएकी ७ वर्षीया बालिका रजनी बडुवालका फेला परेको छ।
बेपत्ता भएको १० पछि उनको शव अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको जल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले बताए।
शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठाइएको उनले बताए।
रजनीसँगै नदीमा हामफालेका भनिएका उनकी आमा, दुई दिदी र दाइको शव फागुन २४ गते कर्णालीमै भेटिएको थियो।
यसअघि आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात फागुन २४ गते (सोमबार) सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो।
त्यसको भोलिपल्ट (मंगलबार) सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो। उनीहरुको सामूहिक दाहसंस्कार गरिएको थियो।