सुदूर नेपाललाई विश्वसँग जोड्दै

खैरो कपाल भएको भन्दै विद्यालय प्रवेशमा रोक लगाएपछि

फाइल फोटो
फाइल फोटो
२०७७ चैत्र २, ०३:०० खबर संवाददाता

एजेन्सी: एउटा स्कुलले खैरो कपाल भएको भन्दै एकजना छात्रालाई विद्यालयमा निषेध गरेको घटना सार्वजनिक भएको छ। 

जापानको एक विद्यालयले कपाल कालो नबनाएसम्म स्कुलमा आउन नपाउने भनेर कडा निर्देशन जारी गरेको विषय निकै विवादमा परेको थियो। 

घटना जापानको ओसाकास्थित हेबिकिनो प्रान्तको हो। जहाँको क्याफुकन प्रान्तीय हाइस्कुलमा पढ्ने एक छात्राको खैरो कपालका कारण आपत्ति जनाएको थियो।

वास्तवमा ती छात्राको कपाल प्राकृतिक रुपले नै खैरो थियो। तर स्कुल प्रशासनले भने ती छात्राले आफ्नो कालो कपाललाई कृत्रिम रुपमा रंग दलेर खैरो बनाएको आरोप लगायो जुन स्कुलको नियम थियो।

विद्यालयले कपालका कारण तनाव दिएपछि ती छात्राले सन् २०१७ मा अदालतमा मुद्दा हालिन्।

तथापि अदालतको फैसला आउनका लागि ४ वर्ष लाग्यो र हालैमात्र अदालतले फैसला सुनायो। अहिले उनी २१ वर्षकी भएकी छिन्।

अदालतले यस मुद्दामा फैसला सुनाउँदै ती छात्रालाई क्षतिपूर्तिबापत ३ लाख ३० हजार येन तिर्न स्कुललाई आदेश दिएको छ। -एजेन्सीको सहयोगमा
 

कमेन्ट लोड गर्नुस