सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको थलाराका दलित बस्तीलाई नमूना बस्ती बनाइने

२०७७ चैत्र २, १२:३३ खबर संवाददाता

बझाङ:  बझाङमा बझाङमा दलित नमूना बस्ती निर्माण तथा पूर्ण सरसफाइ अभियान सुरु भएको छ। 

जिल्लाको थलारा गाउँपालिकामा ‘सबैको साथ सबैको सम्मान, विभेदरहित समाज निर्माणका लागि हाम्रो अभियान’ भन्ने नारासहित राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालले अन्तरक्रिया कार्यक्रम सुरु गरेको हो। 

थलारा गाउँपालिकाको आर्थिक सहयोग र राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालको आयोजनामा उक्त कार्यक्रम चैत १ गते आइतबारबाट सुरु गरिएको आरडिएनका सहजकर्ता शेर हादुर ओखेडाले बताए। अन्तरक्रिया कार्यक्रम चैत १ गते थलारा गाउँपालिका वडा नं ७ बाट सुरु गरिएको उनले बताए। 

दलितका समस्या पहिचान गर्ने, नमुना बस्ती र पूर्ण सरसफाइका लागि थलारा गाउँपालिका भरीका ९ वटै वडामा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो।

उक्त कार्यक्रमबाट थलारा गाउँपालिकाभित्र रहेका प्रत्येक वडामा एक दलित बस्तीलाई नमूना बस्ती बनाउने लक्ष्य रहेको राष्ट्रिय दलित नेटवर्क (आरडिएन) का केन्द्रीय सदस्य तथा थलारा गाउँपालिकाका कार्यपालिका सदस्य श्याम सुनारले बताए।  

चैत १५ गतेभित्र गाउँपालिका भरिका ९ वटै वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न हुने आरडिएनका सहजकर्ता ओखेडाले बताए। 

कमेन्ट लोड गर्नुस