कैलालीका एक जना अवैध काठसहित बझाङमा पक्राउ
धनगढीः बझाङमा अवैध काठसहित कैलालीका एक जना पक्राउ परेका छन्।
शनिबार दिउसो जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर १ दौलीचौर देखि चैनपुर जाँदै गरेका २७ वर्षिय पर्वत वि.सीलाई प्रहरीले पक्राउ गरेको हो।
उनी सु.प.प्र. ०१–००२ त ५३३८ नम्बरको ट्याक्टरमा ६६ थान सल्लाका कडी ढुवानी गर्दै गर्दा पक्राउ परेका हुन्।
८७ दशमलव ७१ क्यूफिट काड, ट्याक्टर र उनलाई कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय चैनपुर पठाइएको छ।