अछाममा ट्रयाक्टर दुर्घटना, १५ जना घाइते
धनगढीः अछाममा ट्रयाक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
जिल्लाको मेल्लेख गाउँपालिका–७ मा से १ त ३१५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार गाउँपालिका स्तरिय राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता हेरेर फर्किने क्रममा दुर्गादेवी माध्यमिक विद्यालयका विद्यार्थी बोकेको ट्रयाक्टर दुर्घटनामा परेको हो।
घाइने विद्यार्थीको वयालपाटा अस्पतालमा उपचार भइरहेको छ।