सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको मालिकार्जुनमा छात्रावास भवन निर्माण गरिने

२०७७ फाल्गुन २७, ०७:४९ खबर संवाददाता

धनगढी: दार्चुलाको मालिकार्जुन गाउँपालिकामा छात्रावास भवन निर्माण गरिने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ८ मा रहेको शंकरपुर मावि पस्तीमा छात्रावास भवन निर्माण गरिने भएको हो । बुधबार उक्त गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले छात्रावास भवनको शिलान्यास गरेका छन् ।

३ वटा कोठा र एउटा शौचालयसहित निर्माण गरिने सो भवनका लागि सुदुरपश्चिम प्रदेश सकारले चालु आर्थिक वर्षमा ३० लाख रुपैँया बजेट विनियोजन गरेको बताइएको छ ।

सो भवनको निर्माण कार्य २०७८ को असार मसान्तसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य लिइएको जनाइएको छ । 

कमेन्ट लोड गर्नुस