शिवरात्रीको अवसरमा धनगढीको फूलबारीमा फुटबल प्रतियोगिता
धनगढी: शिवरात्रीको अवसरमा धनगढी उपमहानगरपालिका–१४ स्थित फूलबारीमा फुटबल प्रतियोगिता सुरु भएको छ।
शिवशक्ति युवा क्लवले आयोजना गरेको फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको हो। प्रतिायोगितामा विभिन्न १६ वटा टिमको सहभागिता रहेको क्लबका उपाध्यक्ष यादव शर्माले बताए।
मंगलबार प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले उक्त प्रतियोगिता सञ्चालनका लागि नगरबाट २ लाख ५१ हजार सहयोग गरेको बताए।
प्रतियोगिताको विजेतालाई ५५ हजार ५ सय ५५ र मेडल तथा ट्रफि, उपविजेतालाई २५ हजार पाँच सय ५५ र मेडल तथा ट्रफि र प्रत्येक खेलको मुल्याङ्कनका आधारमा बेस्ट प्लेयर, उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कृत गरिने क्लबका उपाध्यक्ष शर्माले बताए।