सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी सरस्वती प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी

२०७७ फाल्गुन २६, ११:०० खबर संवाददाता

काठमाडौं : सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा धनगढीकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्।

नेपालगञ्जमा मंगलवार सम्पन्न प्रतियोगितामा एपीएफ क्लबकी सरस्वती सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन्।

एपीएफ क्लबलाई उपाधि दिलाउन उनले उत्कृष्ट प्रर्दशन गरेकी थिइन्। सर्वोत्कृष्ट खेलाडी भएसँगै सरस्वतीले २५ हजार प्राप्त गरिन्।

 लिग चरणको अन्तिम तथा उपाधिको लागि फाइनल सरह मानिएको पुलिसविरुद्धको खेलमा सरस्वतीले उत्कृष्ट प्रर्दशन गर्दै ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइन्।

मंगलबार नेपालगन्जस्थित रंगशाला परिसरमा एपिएफले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो । विजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गरे । एपिएफले पुलिसलाई २५-२२, २५-२३ र २५-१९ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

कमेन्ट लोड गर्नुस