सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चितुवाको आक्रमणबाट महिला घाइते

२०७७ फाल्गुन २६, ०६:२९ खबर संवाददाता

धनगढीः बैतडीमा चितुवाको आक्रमणबाट महिला घाइते भएकी छन्।

जिल्लाको सुर्नया गाउँपालिका–८ मा चितुवाले आक्रमण गर्दा ४० वर्षीया नारु साउद घाइते भएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते साउदको डडेल्धुरामा उपचार भइरहेको छ।

उनलाई स्थानीय भौनेली मन्दिर नजिकैको जंगलमा बादँर धपाउन गएका बेला चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ। 
  
 

कमेन्ट लोड गर्नुस