सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलपीएल : लिटल फ्लावर सेमीफाइनलमा

२०७७ फाल्गुन २४, ०३:२९ खबर संवाददाता

धनगढी  ः लिटल फ्लावर स्कुल चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर सेमीफाइनलमा पुगेको हो।

संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटलले १० ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। लिटलको जितमा नरेन भट्टले ३० रन जोड्दा मनोज चनाराले १६ रन बनाए। निरज चन्द १३ रनमा अविजित रहे।

त्रिनगरका बसन्त थापा मगरले २ तथा शिशिर थापा मगरले १ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको त्रिनगरले १२ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाएको थियो। उसका रमेश विष्टले सर्वाधिक १३ रन बनाए। लिटलका सचिन भट्टले ४ विकेट लिए। मनोज चुनारा र नरेन भट्टले ३÷३ विकेट लिए। जितसँगै लिटल फ्लावर सेमीफाइनलमा पुगेको हो।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। विजेताले १ लाख २० हजार पाउने छन्। त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन्।

कमेन्ट लोड गर्नुस