सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारी

२०७७ फाल्गुन २४, ११:५०

-कास्मीर साउद

हरेकदिन बलात्कृत हुने पनि नारी
बलात्कारी छोरालाई केहि सजाय नहोस प्रभु भनि प्राथना गर्ने आमा पनि नारी

छोरा जन्माउन सकिन भनेर सुनाउने सासू पनि नारी
छोरा जन्माएर छोराबाट सुख नपाउने आमा पनि नारी

‘फलानोको छोरी त मेरो छोरी सँगैको हो त्यसको आजसम्म बिहे भएको छैन’ भनेर कुरा काट्ने पनि नारी
उहाँकै छोरी जो हरेकपटक माइत आउदा पिटाई खाएर आउँछिन उनी पनि नारी

लक्खा जवान छोरा जो छोरीमान्छे जिस्काउँदै हिन्छ उसको आमा पनि नारी
त्यहि छोरापछि जन्मिएकी उसकी प्यारी बहिनी पनि नारी

बिहे गरेको केहि महिनामा श्रीमान् बित्दा विधवा भएकी श्रीमती पनि नारी
कस्ती अलच्छिन रहेछ मेरो छोरा खाई भनि आरोप लगाउने सासू पनि नारी

प्रत्येक महिना महिनावारी भई दक्ष महिला बन्ने पनि नारी
‘पर जा है तैले यता छुनु हुन्न उता छुनु हुन्न’ भनेर तर्साउने पनि नारी

लोग्ने छोराछोरी छाडेर अर्को बिहे गर्ने पनि नारी
लोग्ने बितेर छोराछोरीको सपना पुरा गर्नेपनि नारी
 

कमेन्ट लोड गर्नुस