सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटल फ्लावर प्रिमियर लिग : शारदाको दोस्रो जित

२०७७ फाल्गुन २३, ०५:१४ खबर संवाददाता

धनगढी: धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा शारदा स्कुलले दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा विद्या भूषणलाई ४ विकेटले पराजित गर्दै शारदाले दोस्रो जित निकालेको हो। 

संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको विद्या भुषणले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो। उसका लागि शेर मल्लले ४३ र कप्तान विरेन्द्र नाथले ३८ रन बनाए। 

शारदाका कुम्बा देउवाले ३ तथा अविशेक पाल र सिफ्टेन अन्सारीले २÷२ विकेट लिए। विद्या भुषणले दिएको १ सय ३४ रनको लक्ष्य शारदाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। 

शारदाको जितमा लक्की कडायतले ६७ रनको अर्धशतकीय पारी खेले। उनी खेलको प्लेयर अफ दि म्याच समेत चुनिए। विद्या भुषणका नरेन साउदले ३ विकेट लिए। आजको खेलमा शारदा विजयी भएसंगै शारदा र विद्या भूषणको समान ४ अंक भएको छ। 

भोलि हुने त्रिनगर मावि र लिटल फ्लवारबीचको खेलले सेमिफाइनल पुग्ने टोलीको टुङगो लाग्नेछ। लिटल फ्लवारले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने त्रिनगरले दुबै खेल गुमाएको छ। 

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। विजेताले १ लाख २० हजार पाउनेछन्। यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन्। उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउनेछन्।
 

कमेन्ट लोड गर्नुस