सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटल फ्लावर प्रिमियर लिग : बाल बाटिका सेमीफाइनलमा, होलिल्याण्डको दोस्रो जित

२०७७ फाल्गुन २२, ०६:३५ खबर संवाददाता

धनगढी: कैलालीको बौनियाको बाल बाटिका स्कुल धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ। 

शनिबार भएको दोस्रो खेलमा गुरुकुल एकेडेमी लम्कीलाई २५ रनले पराजित गर्दै बाल बाटिका अन्तिम चारमा प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो। उसका लागि विराट सिंह भण्डारीले ५५ र दिपेश सिंहले २३ रन बनाए। 

बलिङतर्फ गुरुकुल एकेडेमी लम्कीका सुनिल भण्डारीले ३ र संगम विष्टले २ विकेट लिए। १ सय ४४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुरुकुल एकेडेमीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १८ रन बनायो। उसका लागि विश्वास श्रेष्ठ ३७ र संगम विष्टले ३० रन बनाए। बाल बाटिकाका कमल ओली ३ र कमल कुँवरले ३ विकेट लिए। खेलको म्यान अफ द म्याच बाल बाटिकाका विराट सिंह भण्डारी भए।

यसअघि आजै भएको पहिलो खेलमा होलिल्याण्ड स्कुलले लगातार दोस्रो जित निकालेको छ। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शनिबार भएको खेलमा धनगढी नमुनालाई ६ विकेटले पराजित गर्दै होलिल्याण्डले लगातार दोस्रो जित निकालेको हो। पहिले ब्याटिङ गरेको धनगढी नमुनाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो। 

उसका अनुप कुँवरले ६५ र आयुस खड्काले अविजित रहदै ६४ रन बनाए। होलिल्याण्डका अविशेक कोइरालाले ३ र राजेश महराले २ विकेट लिए। धनगढीले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होलिल्याण्डले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। होलिल्याण्डको जितमा मनोज ओझाले ६६ र राहुल भण्डारीले ४७ रन बनाए।

धनगढी नमुनाका सबिन महरा, पारस कार्की, बसन्त सिंह कार्की र आयुस खड्काले १÷१ विकेट लिए। होलिल्याण्डका मनोज प्लेयर अफ द म्याच चुनिए। जारी प्रतियोगितामा धनगढी नमुनाको यो लगातार तेस्रो हार हो। यस हारसंगै धनगढी प्रतियोगिताबाट बाहिरिएको छ। 

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। विजेताले १ लाख २० हजार पाउनेछन्। यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन्। उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५÷५ हजार पाउनेछन्। 
 

कमेन्ट लोड गर्नुस