सुदूर नेपाललाई विश्वसँग जोड्दै

शहीद स्मारक ‘बी’ डिभिजन लिग : सातदोबाटोको सहज जित

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ फाल्गुन २१, ०७:२० रासस

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।

सातदोबाटोका लागि अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गर्नुभएको हो। बाँसबारीले एउटा आत्मघाती गोल गरेको हो। 

बाँसबारीका लागि भने निशान सुनारले सान्त्वना गोल गर्नुभएको हो। खेलको ११औँ मिनेटमा सातदोबाटोका अशिम राईले पहिलो गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गरे।

यस्तै खेलको ५२औँ मिनेटमा सातदोबाटोका प्रवेश बस्नेतले तथा ६२औँ मिनेटमा दिनेश राईले गोल गर्नुभएको हो। यस्तै खेलको ७७औँ मिनेटमा बाँसबारीका निशान सुनारले एक मात्र गोल गर्न सफल भएका थिए।

जितसँगै सातदोबाटोले नौ खेलबाट २५ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लेको छ। यस्तै बाँसबारी नौ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा छ। लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।    
 

कमेन्ट लोड गर्नुस