अछाममा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु
धनगढी: अछाममा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ चौरपाटी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता बिहीबारबाट सुरु भएको हो ।
अहिले त्यहाँ पालिका स्तरीय प्रतियोगिता भइरहेको र उत्कृष्ट खेलाडीलाई जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा सहभागी गराइने बताइएको छ ।
प्रतियोगितामा छात्रछात्रालाई १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटरको दौड, भलिवल, ज्याभ्लिन थ्रो, हाईजम्प, त्रिपलजम्प, लङजम्प र कवड्डि खेलाईने जनाइएको छ ।
आयोजकका अनुसार आजबाट सुरु भएको प्रतियोगिता फागुन २३ गतेसम्म सञ्चालन गरिने छ ।