सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको कोल्टीमा सुरु भएको आकस्मिक प्रसुति सेवा बन्द

२०७७ फाल्गुन १८, ०१:१७ खबर संवाददाता

बाजुरा: सुत्केरी सेवा लिन पुगेकी बाजुराको हिमाली गाउँपालिका–की २७ वर्षीया पञ्चकला रोकायालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले रेफर गरिदिएको छ।

स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा दिने चिकित्सक नहुुँदा रेफर गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले बताए। 

यसरी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक हप्ता अघि सुरु भएको आकस्मिक प्रसुति सेवा  बन्द भएको छ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट जनशक्ति आएपछि कोल्टीमा आकस्मिक प्रसुति सेवा सुरु भएको थियो। एक हप्ता पहिले मात्रै स्वास्थ्य केन्द्रमा मुगुको खत्याड गाउँपालिका १० ह्याङलुकी २९ वर्षीया निर्मला चदाराको शल्यक्रिया गरेर बच्चा निकालिएको थियो।

तर प्रतिष्ठानको टिम फर्किएपछि सेवा अनियमित भएको प्राथमिक स्वास्थ्य केन्द्रले बताएको छ। नगरपालिकाले आकस्मिक प्रसुति सेवा दिने चिकित्सकको व्यवस्थापन गर्न नसक्दा सेवा अनियमित भएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस