धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वन बेहडास्थित वीणा विद्या मन्दिरको दुई कोठे भवनको शिलान्यास गरिएको छ।
सोमबार एक समारोहका बिच सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री दिर्घ सोडारीले विद्यालय भवनको शिलान्यास गरेका हुन्। प्रदेश सरकारको १८ लाखमा लगानीमा उक्त भवनको निर्माण हुन लागेको हो।
विद्यालय भवनको शिलान्यास समारोहमा बोल्दै पूर्व मन्त्री सोडारीले निर्वाचित क्षेत्रको विकासका लागि पहिलो पुर्वाधार भौतिक निर्माण भएकाले सो कार्य तीव्र गतिमा अघि बढिरहेको बताए। अब भौतिक निर्माणसँगै शैक्षिक र सामाजिक विकासतर्फ आफ्नो ध्यान केन्द्रीत रहेको मन्त्री सोडारीले बताए। जनप्रतिनिधि सधैँ जनताप्रती उत्तरदायी हुनुपर्ने तर्क गर्दै उनले आफू निर्वाचित क्षेत्रको चौतर्फी विकासमा ध्यान दिनु हरेक जनप्रतिनिधिको दायित्व रहेको जिकिर गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बोगटीको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कमला शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित रहेकी थिइन्।