सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मेयर उपमेयरकप क्रिकेट प्रतियोगिता हुने

२०७७ फाल्गुन १६, ०४:२३ खबर संवाददाता

धनगढी: क्रिकेटको शहर धनगढीमा मेयर उपमेयरकप  क्रिकेट प्रतियोगिता हुने भएको छ।

धनगढीलाई खेलकुदको शहरको रुपमा विकास गर्ने अवधारणा अनुसार प्याब्सन धनगढी नगर समितिको आयोजनामा हुने प्रतियोगिता चैत ३ गतेदेखि सुरु हुने भएको हो। 

आइतबार धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा धनगढी नगर क्षेत्रका सरकारी तथा निजि विद्यालयहरु गरि ३० टोलीको सहभागीता रहने भएको छ। त्यसमा छात्रतर्फका १९ टिम र छात्रातर्फका ११ टिमले भाग लिने प्रतियोगिताका संयोजक उदय प्रताप सिंहले जानकारी दिए। 

टी-२० को फरम्याटमा हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ। संयोजक सिंहका अनुसार प्रतियोगिताको छात्र तथा छात्रा तर्फको विजेतालाई नगद १ लाख १ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ५१ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

प्रतियोगिता आयोजना गर्नका लागि झण्डै २१ लाख खर्च हुने अनुमान गरिएकोले त्यसमा झण्डै ६ लाख धनगढी उपमहानगरपालिकाको तर्फबाट सहयोग हुनेछ। 

प्रतियोगिताले सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने विश्वास लिएको धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले बताए। 

कमेन्ट लोड गर्नुस