सुदूर नेपाललाई विश्वसँग जोड्दै

फारवेस्टन कर्पोरेट क्रिकेट कपको उपाधि लिटिल बुद्ध एकेडेमीलाई

२०७७ फाल्गुन १६, १२:२६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा स्टार प्रोडक्सनको आयोजनामा आइतबार सम्पन्न भएको फारवेस्टन कर्पोरेट क्रिकेट कप २०२१ को उपाधि लिटिल बुद्ध एकेडेमी हात पारेको छ। 

टस जितेर एनआइसी बैंकले ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित ६ ओभरको खेलमा २ विकेट गुमाउदै बैंकले ८२ रन बनाउन सफल भएको थियो।

८३ रनको विजयी लक्षका साथ मैदानमा उत्रेको लिटिल बुद्ध एकेडेमीले ४ दशमलव २ ओभरमा ८८ रन बनाउदै ४ विकेटले प्रतियोगितालाई आफ्नो पोल्टामा पार्न सफल भएको थियो। 

प्रतियोगिताको म्यान अफ द सिरिज सनराइज बैंकका हिक्मत ठकुल्ला, बेस्ट बलर एनआइसी बैंकका सुनिल रावल र बेस्ट ब्याट्सम्यान लिटिल बुद्ध एकेडेमीका राजेश बिष्ट घोषित भएका थिए। 

प्रतियोगिताको विजेताले नगद १ लाख १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। 

प्रतियोगिताको म्यान आफ द सिरिजले नगद ५ हजारसहित ट्रफी र प्रमाणपत्र, बेस्ट बलरले नगद ३ हजारसहित ट्रफी र प्रमाणपत्र, त्यस्तै बेस्ट ब्याट्सम्यान नगद ३ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस