सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट बेपत्ता भएकी १४ वर्षीया बालिकाको अवस्था १ हप्तादेखि अज्ञात

२०७७ फाल्गुन १६, ११:३४ खबर संवाददाता

धनगढीः कञ्चनपुरबाट बेपत्ता भएकी एक बालिकाको अवस्था अझै अज्ञात रहेको छ। 

गत सोमबारदेखि हराइरहेकी बेलडाँडी गाउँपालिका–१ नवज्योती टोल निवासी कन्हैयालाल कश्यप (जिओ) की १४ वर्षीया छोरी सुजाता कश्यपबारे अझै जानकारी भेटिन सकेको छैन। 

घरबाट सामान किन्न भनेर पसल गएकी उनी सोमबार दिउँसोबाट बेपत्ता भएको परिवारले जनाएको छ। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

‘उनी बेपत्ता भएको दिन बसमा सवार भएर महेन्द्रनगरबजार आएको देखिन्छ’ कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भने, ‘त्यहाँबाट ती बालिका कता गइन पत्ता लाग्न सकेको छैन।’ 

उनका अनुसार बालिकाका केही आफन्त सीमापारी भारतमा बसोबास गर्दै आइरहेकाले बुवा कन्हैयालाल कश्यपले उता पनि बुझिरहेका छन्। 

गहुँगोरो वर्ण(हल्का कालो) र अन्दाजी ४.५ फिट उचाइ भएकी बालिका सुजातालाई देख्नेले बुवा कन्हैयालाल कश्यपको मोबाइल नम्बर ९८०९४०४६६० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।


 

कमेन्ट लोड गर्नुस