सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट १४ वर्षीया बालिका बेपत्ता

२०७७ फाल्गुन ११, ०५:०३ खबर संवाददाता

धनगढी: कञ्चनपुरबाट एक १४ वर्षीया बालिका बेपत्ता भएकी छिन्। 

जिल्लाको बेलडाँडी गाउँपालिका–१ नवज्योती टोल निवासी कन्हैयालाल कश्यप (जिओ) की १४ वर्षीया छोरी सुजाता कश्यप सोमबार दिउँसोबाट बेपत्ता भएकी हुन। घरबाट सामान किन्न भनेर पसल गएकी उनी मंगलबारसम्म अज्ञात अवस्थामा रहेको पारिवारिक स्रोतले बताएको छ।

बालिका हराएकोबारे प्रहरीमा समेत निवेदन दिएको परिवारले जनाएको छ। 

साथै गहुँगोरो वर्ण(हल्का कालो) र अन्दाजी ४.५ फिट उचाइ भएकी उनलाई देख्नेले बुवा कन्हैयालाल कश्यपको मोबाइल नम्बर  ९८०९४०४६६० मा सम्पर्क गर्न अनुरोध गरिएको छ। 

कमेन्ट लोड गर्नुस