सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै गाउँका ४ बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन १५, ०६:२८ खबर संवाददाता

बर्दिया: एउटै गाउँका ४ जना बालिकालाई बलात्कार गरको आरोपमा एक किशोर पक्राउ परेका छन्।

बर्दियाको बाँसगढी नगरपालिकाका ४ जना बालिकाको हातखुट्टा बाँधेर बलात्कार गर्ने ती १४ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

एक हप्ताअघि विद्यालयबाट फर्किएर बाटोमा खेलिरहेका ५÷५ वर्षीय २,  ६ वर्षीय १ र ८ वर्षीया बालिकालाई ती किशोरले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएका छन्।

किशोरले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएको खुलेको छ। पीडित एक बालिकाले घटनाबारे अभिभावकलाई बताएपछि अभिभावकहरूले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

उजुरीपछि आरोपी किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस