सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः सुदूर फुड सह प्रायोजक

२०७७ फाल्गुन १४, ०६:०७ खबर संवाददाता

धनगढी: धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको सह प्रायोजकको रुपमा सुदूर फुड ईन्डष्ट्रिज जोडिएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि गुणस्तरी बिस्कुट उत्पादन गर्दै आएको सुदूर फुड ईन्डष्ट्रिजले सह प्रायोजकको रुपमा सहयोग गर्ने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्याय र सुदूर फुड ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक कबिस अग्रवाल र निर्देशक पियुस अग्रवालबीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कैलालीको गेटामा रहेको सुदूर फुड ईन्डष्ट्रिजले बिस्कुट, कुकिज, फ्रुट केक र रस उत्पादन गर्दै आएको छ । सुदूर फुडले उत्पादन गर्दै आएका विभिन्न प्रकारका बिस्कुटहरु निकै गुणस्तरीय भएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्मान समेत गरिसकेको छ । 

नेपालभरीकै उद्योगहरुले उत्पादन गरेका विस्कुटमध्ये गुणस्तरको हिसाबले सुदूर फुड ईन्डष्ट्रिजले सम्मान पाएको थियो । सुदूर फुड ईन्डष्ट्रिजले उत्पादन गर्दै आएका बिस्कुट, कुकिज, फ्रुट केक र रस नेपालभरीका बजारमा विक्री वितरण हुदैं आएको छ । 

यसक्षेत्रमा रहेको उद्योगले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रदेशको गौरव बढाउने खेलाडीलाई सम्मान गरिने कार्यक्रममा जोडिएको सुदूर फुड ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक कविस अग्रवालले बताए । उनले आगामी दिनमा थप सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।  

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । अवार्डमा वर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लब र वर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ । 

त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको छ । 

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ।  

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।  

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ । 
 

कमेन्ट लोड गर्नुस