दार्चुलामा लागुऔषधसहित एक जना पक्राउ
२०७७ फाल्गुन १४, ०३:२८
दार्चुला: दार्चुलामा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको नौगाड गाउँपालिका–१ का २५ वर्षीय मदनसिह ठेकरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
सदरमुकाम खलंगास्थित बंगाबगडको एक होटलबाट ठेकरेलाई ५६ ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले बताए।
ठेकरेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।
कमेन्ट लोड गर्नुस