सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलिया अभिनित चलचित्र ‘गंगुबाई कठियावाडी’को टिजर सार्वजनिक

२०७७ फाल्गुन १३, ०४:५७ खबर संवाददाता

धनगढी: आलियाले अभिनय गरेको चलचित्र ‘गंगुबाई काठियावाडी’को टिजर रिलिज भएको छ। यो टिजरमा आलियालाई मात्रै फिचर गरिएको छ।

टिजरमा समावेश भएका दृश्यमा उनले बोलेका संवाददेखि उनको हाउभाउले दर्शकको मन छोएको छ। सोही टिजरका कारण अहिले सामाजिक सञ्जालमा आलियाको कामको प्रशंसा भइरहेको छ।

चलचित्र २०२१ को जुलाई ३० बाट प्रदर्शनमा आउने पक्कापक्की भएको हो।

आफ्नो शरीर बेचेर जीवन चलाउने गङ्गाको गंगुबाई बनेर कसरी पैसा र पावरको मालिक बनिन् भन्ने विषय चलचित्रमा उठाइएको छ।

गंगुबाईको जीवनीमा बनेको चलचित्रमा आलियाले कतिको न्याय गर्न सकिन् त्यसको लागि भने चलचित्र प्रदर्शनको समय नै पर्खिनुपर्नेछ। चलचित्र सञ्जय लीला भन्सालीले निर्देशन गरेका हुन्।

कमेन्ट लोड गर्नुस