दार्चुलाको मार्मामा २४ किलोवाट क्षमताको लघु जलविद्युत आयोजनाको उद्घाटन
धनगढी: दार्चुलाको मार्मा गाउँपालिकामा २४ किलोवाट क्षमताको लघु जलविद्युत आयोजनाको उद्घाटन गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर २ घट्टेगारमा निर्माण भएको सो लघु जलविद्युत आयोजनाको उक्त गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले उद्घाटन गरेका हुन् ।
गाउँपालिकाको २ र ४ नम्बर वडाका २३० घरधुरीलाई पुग्ने गरी विद्युत निर्माण गरिएको जनाइएको छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र गाउँपालिकाको सहयोगमा गाउँपालिकाको २ र ४ नम्बर वडाका २३० घरधुरीलाई पुग्ने गरी विद्युत निर्माण गरिएको बताइएको छ ।