सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको ब्यासले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

२०७७ फाल्गुन १२, ०८:२५ खबर संवाददाता

दार्चुला: दार्चुलाको ब्यास गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। 

लोकसेवा आयोगको तयारी गर्न नसकेको गाउँपालिकाका शैक्षिक बेरोजगारीहरुको लागि गाउँपालिकामै लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको हो।

अध्ययनकै क्रममा रहेका तथा अध्ययन सकेर आयोगको तयारीमा बसेको विद्यार्थीको लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताए। 

आयोगको कक्षा सञ्चालनको लागि गाउँपालिकाले १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। 

कमेन्ट लोड गर्नुस