सुदूर नेपाललाई विश्वसँग जोड्दै

अदालतबाटै २ थुनुवा हतकडीसहित फरार

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन ११, ०२:३८ खबर संवाददाता

काठमाडौंः २ जना थुनुवा जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका छन्। 

मोरङ कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी अदालत परिसरबाटै फरार भएका हुन्।

उनीहरुलाई म्याद थपका लागि अदालत पु¥याएको थियो। दुवैलाई ५÷५ दिनको म्याद थप भएपछि उनीहरू प्रहरीसंग अदालतकै क्यान्टिनमा खाजा खान गएका थिए। 

त्यही क्रममा उनीहरू हतकडीसहित भागेका हुन्। उनीहरुको खोजी कार्य भइरहेको मोरङ प्रहरील जनाएको छ।  

शेख खैरो हिरोइनसहित र चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको थियो। 

कमेन्ट लोड गर्नुस