सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल सुपर लिग फुटबल बैशाख दोस्रो सातादेखि

२०७७ फाल्गुन १०, ०९:२६ रासस

काठमाण्डौः नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आगामी बैशाख दोस्रो सातादेखि सुरु हुने भएको छ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता बैशाख ११ गतेदेखि सञ्चालन हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगिता बैशाख २५ गतेसम्म चल्ने आयोजक संस्थाले जनाएको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा हुने सो लिगमा सातवटै प्रदेशको सात टोलीको सहभागिता रहने छ।

प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुनेछ। प्रत्येक टोलीमा तीन विदेशी खेलाडी राख्न पाइने प्रावधान छ। खेलाडीको छनोट अक्सनबाट हुनेछ। अक्सनबाट प्रत्येक टोलीले २० खेलाडी छनोट गर्न पाउने आयोजक संस्थाले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस