सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा चितुवाको छाला सहित एक जना पक्राउ

२०७७ फाल्गुन ९, ०८:३० खबर संवाददाता

बझाङः बझाङको बुङगल नगरपालिका बाट १ थान चितुवाको छालासहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बुङगल नगरपालिका वडा नम्बर ८ दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरा रहेका छन्। बोहरालाई विशेष सूचनाको आधारमा नगरपालिकाको वडा नम्बर ८ मसानिसेरा भन्ने ठाँउबाट शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

चितुवाको छाला बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीटोलीले बोहरालाई छालासहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खडकाले बताए।

कमेन्ट लोड गर्नुस