सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा वडाध्यक्षले सञ्चालन गरेको मेडिकलमा म्याद गुज्रेका औषधि र भेटेरीनरीका सामग्री

२०७७ फाल्गुन ९, ०६:०३ खबर संवाददाता

अछामः अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्षले सञ्चालन गरेको निजी मेडिकलले म्याद गुज्रेका औषधि र भेटेनरीका सामग्री विक्रिवितरण गरेको पाइएको छ। 

वडाध्यक्ष सागर सिंह बाब्लीले सञ्चालन गरेको मेडिकलले नियम विपरीत ती सामग्री विक्री गरेको पाइएपछि जिल्ला प्रशासनले मेडिकल सिल गरेको छ।

अनुगमनका क्रममा वडाध्यक्ष बाब्लीको मेडिकल नियम विपरीत सञ्चालन गरेको पाइएको हो।  

नियमविपरित सामग्री विक्री गर्ने गरेको पाइएपछि कारवाही स्वरुप मेडिकल सिल गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए। प्रशासनले १५ दिनका लागि मेडिकल सिल गरेको उनले बताए। 

बाब्ली नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन्।
 

कमेन्ट लोड गर्नुस