सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूमि सम्बन्धी समस्या समाधान आयोग दार्चुलाको कार्यालय स्थापना

२०७७ फाल्गुन ८, ०६:०५ खबर संवाददाता

दार्चुला: दार्चुलामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ। 

भूमि सम्बन्धी समस्या समाधानका लागि बनेको आयोगका जिल्ला अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमले शनिबार कार्यालय उद्घाटन गरेको हो। सुदरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिह बोहराको प्रमुख आथित्यतामा कार्यालयको उद्घाटन गरिएको छ।

जिल्ला समन्वय समितिमा स्थापना गरिएको कार्यालयले यहाँका भूमिहीनहरुका समस्या सम्बोधनका साथै समाधान गर्ने विश्वास व्यक्त गरिएको छ।

जिल्लामा रहेका भूमि सम्बन्धी समस्याको समाधानका लागि नेपाल सरकारले यसअघि देशभर नै जिल्ला समिति गठन गरेको थियो। 

कमेन्ट लोड गर्नुस