H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन १८, मङ्गलवार १२:१०
Mar 02 2021, Tuesday
12:10:45 AM

‘हावा डाँडैमा’ सार्वजनिक

रासस
२०७७ फाल्गुन १२:५१
अ+

काठमाडौँ: रवीना परियार र सन्देश रिजालको स्वरमा रहेको लोक दाहोरी गीत ‘हावा डाँडैमा’ आज सार्वजनिक भएको छ । 

गीतको शब्द निर्मल परियार, सङ्गीत सूर्यमणि आचार्य, सङ्गीत संयोजन विष्णु तामाङ, मिक्सिङर मास्टरिङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।

डिएआर मुभिजको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको भिडियोमा सञ्जिव ठकुरीको निर्देशन छ भने सञ्जिव स्वयं र करिश्मा ढकालको अभिनय रहेको छ । 

छायाङ्कन प्रकाश खड्काको रहेको छ भने सम्पादन राजकुमार मगरले गरेका छन् । गायिका रवीनाले चाडपर्व, मेला महोत्सवमा गाउन मिल्ने शैलीमा गीत तयार पारिएको बताएकी छिन् ।

विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad