दार्चुलामा विवाहित महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
२०७७ फाल्गुन ६, ०४:४०
दार्चुला: दार्चुलामा विवाहित महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको नौगाड गाउँपालिका–१ सल्लाका २३ वर्षीय पानसिंह ठगुन्नालाई रहेको प्रहरीले जनाएको छ।
बुधबार साँझ प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए।
पक्राउ परेका ठगुन्नामाथि थप अनुसन्धानका भइरहेको उनले बताए।
कमेन्ट लोड गर्नुस