सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीका परिवारलाई कांग्रेस बाजुराद्वारा ३० हजार हस्तान्तरण

२०७७ फाल्गुन ६, ०३:२० खबर संवाददाता

बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई नेपाली कांग्रेस बाजुराले ३० हजार सहयोग गरेको छ। 

बाजुराबाट संकलित रकम कांग्रेस पदाधिकारहरुले मृतक भागरथी भट्टकै घरमै गएर उनकी आमा द्रोपतीलाई हस्तान्तरण गरेका हुन।

नेपाली कांग्रेस बाजुरका सभापति कविराज पण्डीत, सचिव रनसिहबहादुर ऐडी, महाधिवेशन प्रतिनिधी जनक बिक्रम सिंह, नेपाल महिला संघ बाजुराकी सभापति अम्रीता सिंह लगायतको टोलीले भागरथीको घरमै गएर ३० हजार प्रदान गरेको हो।

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रमा बेपत्ता भएकी भागरथी भोलिपल्ट माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा दोगडाकेदार गाउँपालिकाको लबलेक सामुदायिक वनमा फेला परेकी थिइन्। 

हत्या भएको दुई हप्तापछि प्रहरीले मंगलबार भागरथीकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय किशोर दिनेश भट्टलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको थियो।
 

कमेन्ट लोड गर्नुस