सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा स्थानीय तहको हिउँदे अधिवेशन सुरु

२०७७ फाल्गुन ६, १२:३६ रासस

बझाङ: जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन सुरु गरेका छन् । 

अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७/७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् । दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ ।अध्यक्ष प्रयागराज जोशीले  अघिल्ला वर्ष जस्तै यसपाली पनि अधिवेशन सुरु गरेको बताए ।

विकासका अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा काम गर्दाका समस्याका बारेमा छलफल हुने उनले बताए । यसका साथै ऐन कानूनको कार्यन्वयनका बारेमा पनि अधिवेशनमा छलफल हुने छ । केदास्युँ गाउँपालिकाले अधिवेशन सम्पन्न गरेको अध्यक्ष ईन्द्र भण्डारीले बताए ।

उनले भने, “ स्थानीय सरकार भइसकेपछि सबै जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला भेला भएर पालिकाको समग्र विकासको प्रगति समीक्षा हुने गरेको छ ।” काम गर्दा जनताबाट आएका गुनासा र समस्याको पनि सभामा छलफल भएका उनले बताए । उनले योजना छिटोछरितो, पारदर्शीता, अनुगमन गर्ने सन्दर्भमा पनि छलफल भएको बताए ।

यही फागुन अन्तिम सातासम्म जिल्लाका सबै पालिकाको हिउँदे अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य राखेका छन् । 

कमेन्ट लोड गर्नुस