कलिलो उमेरका परिपक्क चित्रकार
धनगढीका एक कलिला किशोर चित्रकला क्षेत्रमा परिपक्कता देखाउन थालेपछि उनको चर्चा चुलिन थालेको छ । १८ वर्षको कलिलो उमेरमै चाहेका तस्वीर तथा चित्रहरुलाई हुवहु उतार्न सक्ने विलक्षण प्रतिभा भएका धनगढीका स्वस्तिक आचार्यको नाम चर्चित वन्दै गएको हो ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयद्धारा गठित सेती अञ्चल समितीले प्रकाशन गरेको भानु द्धिशतवार्षिकी स्मारिकामा उनले कोरेको भानुभक्त आचार्यको फोटो आवरणका रुपमा छापिएपछि नयाँ कलाकारका रुपमा आचार्यले चर्चा कमाउन थालेका हुन । केही पुस्तकहरुमा पनि उनले आवरण चित्र वनाएका छन भने थप पुस्तकका आवरणका लागि उनले चित्र वनाईरहेका छन ।
धनगढी नगरपाकिा–२ मिलन चोक निवासी आचार्यले ६ वर्षको कलिलो उमेरदेखि चित्र कोर्न थालेका हुन । हाल काठमाण्डौमा ईन्टेरियल आर्टिकल ईन्जिनियरमा स्नातक पहिलो वर्षमा अध्ययनरत उनले अहिलेसम्म दुई सयभन्दा भन्दा वढी चित्रहरु वनाएका छन । उनले विश्वकप फुटवलको समयमा आफु वस्ने कोठाको भित्तामा वनाएको लियोलन मेसीको चित्रवाट धेरै नै वाहीवाही वटुलेका थिए ।
पढाईलाई लगनसिलताका साथ अगाडी वढाएका उनले उनले चित्र कोर्न भने छोडेका छैनन् । विश्वका चर्चित व्यक्तित्वहरु, प्राकृतिक सुन्दरता, मानवीय सम्वेदनसिलता, सामाजिक घटनाक्रमहरु, संस्कृति परम्परालाई तस्वीरमा उतारेका छन । सवै किसिमका हेर्दा रमाईलो लाग्नेदेखि लिएर समाज सुधारका सन्देश दिने चित्रहरु वनाएको आचार्यले वताए । सवै किसिमका चित्रहरु वनाईरहेको छु, मान्छेलाई हेरेर १५ मिनेटमै स्केज वनाउन सकिन्छ उनले भने– अरु किसिमका चित्रहरुको वारेमा पनि दिमागमा सोचेपछि वनाउन गाहे पर्दैन । मनले मागका सवै किसिमका चित्रहरु वनाउने गरेको छु । वुवा दिपक आचार्यको प्रेरणाले नै उनी कक्षा २ मा पढ्ने समयदेखि नै यो क्षेत्रतिर लागेका हुन । चित्रकार वन्ने सपना वोकेका दिपकले आफ्नो सपना पुरा हुन नसकेपछि छोरालाई चित्रकला क्षेत्रमा लगाएर आफ्नो सपना साकार पारेका छन । मेरो ईच्छा राम्रो चित्रकार वन्ने थियो तर हामी घरमा धेरै दाजुभाई भएका कारण वुवाले सिकाउन पाउनु भएन आचार्यले भने– मेरो ईच्छा पुरा हुन नसकेपछि मैले छोरालाई यो क्षेत्रमा लगाएको हुँ । वुवाको सपनालाई छोराले साकार पारिरहेका छन । आचार्य केही सयम अगाडी संयुक्त राष्ट्र संघले सिंगापुरमा गरेको युवा भेलामा नेपालको प्रतिनिधित्व गर्दै म्यानमारको राजनितिक अवस्थाको वारेमा चित्रको माध्यमले प्रस्तुती गरेर फर्किएका थिए ।
स्वस्तिकलाई चित्रकलाको क्षेत्रमा लाग्नका लागि घर परिवारका सवै सदस्यहरुले सहयोग गरिरहेका छन । पढाईसँग उनसँग भएको क्षमतालाई उजागरण गर्नका लागि घरका सदस्यहरुले कुनै कसर वाँकी नराखेको स्वस्तिककी आमा आचार्यले वताईन् । कलिलो उमेरमा परिपक्क चित्रकारका रुपमा उदाउँदै गरेका स्वस्तिकले भाग लिएका प्रतियोगिताहरुमा रित्तो हात फर्किनु परेको छैन । उनी जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा प्रथम र प्याव्सन फेस्टिवलमा दोस्रो भएर पुरस्कार हात पारेका छन भने सरकारी र गैरसरकारी संस्थाले गरेका आधा दर्जन प्रतियोगिताहरुमा उनी पहिलो, दोस्रो वाहेक अरु भएको रेकर्ड छैन । उनको कलालाई देखेर ललीत कला प्रतिष्ठानले सम्मान समेत गरेको छ । सुदुरपश्चिम क्षेत्रवाट चिनिदै गएका स्वस्तिकले अहिलेसम्म चित्रकलाका वारेमा प्रशिक्षण र तालिम पाउन सकेका छैनन । गणेश महतो, आँसु श्रेष्ठका साथै सुदुरपश्चिमका चर्चित तथा पुराना मुर्तिकार तारानाथ ओझासँग उनले प्रशिक्षण लिए तर देश विदेशमा गएर राम्रो प्रशिक्षण लिने ईच्छा भएपनि पुरा गर्न सकेका छैनन ।
चित्रकलासँगै स्वस्तिक फोटोग्राफीतिर पनि लागेका छन् । उनले कलात्मक फोटोग्राफीसँगै अहिले काठमाण्डौमा अध्ययनसँगै संगीत पनि सिकिरहेका छन् । सुन्दर चित्र बनाउन सक्ने क्षमताको स्वस्तिकको चित्रकलाको यात्रा अझै फुलोस हाम्रो पनि शुभकामना छ ।