सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगर स्तरीय फुटबल प्रतियोगिताः आयोजक न्यू खुटिया र रिभर साईड विजयी

२०७७ फाल्गुन २, ०८:४८ खबर संवाददाता

धनगढीः गोदावरी नगरपालिका स्तरीय खुला फुटबल प्रतियोगितामा आयोजक न्यू खुटिया चारपाटे युवा क्लव र कञ्चनपुरको रिभर साईड विजयी भएका छन्। 

आईतबार रिभर साईड युवा क्लव कञ्चनपुर र साइपाल युवा क्लव शान्ती टोलबिच पहिलो खेल भएको थियो। पहिलो खेलमा ट्राईबेकरमा रिभर साईड ५–४ गोलअन्तरले विजयी भएको हो। 

रिभर साईडका गोल रक्षक इन्द्रदेव बोहरा म्यान अफ दी म्याच भएका घोषित छन्। 

दोस्रो खेल आयोजक न्यू खुटिया चारपाटे युवा क्लव र टाइगर युवा क्लव चौमालाबिच भएको थियो। आयोजक न्यू खुटिया चारपाटे युवा क्लव २–० गोलअन्तरले विजयी भएको छ। 

आयोजकका तर्फबाट कमल देउवा र नवीन चौधरीले समान एक÷एक गोल गरेका थिए। 

दोस्रो खेलमा म्यान अफ दी म्याच कमल देउवा घोषित भएका छन्। 
 

कमेन्ट लोड गर्नुस