सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा विपन्न परिवारलाई युवाहरुले बनाइदिए घर

२०७७ फाल्गुन २, ०५:३४ खबर संवाददाता

अछामः अछाममा युवाहरुले एक विपन्न परिवारका लागि घर निर्माण गरिदिएका छन्। 

जिल्लाको साँफेबगर नगरपालिकाका युवाहरुले सामूहिक रुपमा आर्थिक संकलन गरी साँफेबगर नगरपालिका ३ का नवराज ओडको घर निमार्ण गरिदिएका हुन्।

१३ जना सदस्य रहेका उक्त परिवारका लागि ब्ल्याक एन्जल्स युवाक्लबका दशरथ कुँवर, योगेश कुँवर, गोपाल कुँवर, विक्की चौहान, जर्ज कडायत लोकजन बोगटी लगायत युवाहरुको सक्रियतामा घर निर्माण गरिएको हो।  

दयनीय अवस्था रहेको ओडका छोराछोरी र आमासँगै सबै परिवार नै त्रिपालमुनी बसेको देख्दा आफूहरु घर बनाउन लागि परेको युवा क्लबका योगेश कुँवरले बताए।  

ओडको घर ३ महिनामै क्लबकै खर्चमा निर्माण गरिएको क्लबका दशरथ कुवँरले बताए।

बिचल्लीमा परेको आफ्नो परिवारलाई घर बनाइदिकएको भन्दै ओडले खुसी व्यक्त गरेका छन्।  
 

कमेन्ट लोड गर्नुस