कैलालीको मजगाउँमा फुटबल प्रतियोगिता सुरु, साइपालको विजयी सुरुवात
धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ को मजगाउँमा फुटबल प्रतियोगिता सुरु भएको छ।
न्यू खुटिया चारपाटे युवा क्लबले आयोजना गरेको प्रतियोगिताको गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँदले शनिबार उद्घाटन गरेका छन्।
प्रथम पुरस्कार १ लाख रहेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ। गोदावरी नगर स्तरिय प्रतियोगिताको पहिलो खेलमा आयोजक न्यू खुटिया चारपाटे युवा क्लव बी र साइपाल युुवा क्लव शान्ती टोल बीच पहिलो खेल भएको छ।
प्रतियोगितााको पहिलो खेलमा साइपाल युवा क्लव विजयी भएको छ। साइपालले आयोजक बी लाई ट्राइबेकरमा ७–६ गोल अन्तरले हराएको हो।
२/२ गोलमा बराबरी भएकोमा ट्राइबेकमा साइपाल विजयी भएको हो।
प्रतियोगिता एक हप्तासम्म सञ्चालन हुने आयोजक न्यू खुटिया चारपाटे युवा क्लबका अध्यक्ष भाजबहादुर इपालीले बताए।