सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा एक नेपालीको हत्या

२०७७ फाल्गुन १, ०५:५२ खबर संवाददाता

धनगढी: भारतमा एक नेपालीको हत्या भएको छ।  

फेब्रुअरी ९ मा गुल्मीको मुसिकोट नगरपालिका–३ पेंगा खिल्लीका अन्दाजी ४० वर्षीय रामबहादुर कुँवरको हरियाण राज्यको हिसारस्थित चिकेन हण्ड रेष्टुरेन्टमा हत्या भएको हो। 

रोजगारीका शिलशिलामा भारत गएका उनको हत्या भएको तर विस्तृत कुरा बुझ्न बाँकी रहेको मुसिकोट नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्णध्वज जिसीले बताए। 

कुँवरलाईसँगै काम गर्ने साथीले हत्या गरेर फरार भएको भारतमा रहेको बताइएको छ। कुँवरको शवको पोष्टमार्टम गराइ उनका छोरा बिक्रम कुँवरलाई बुझाएर दाहसंस्कार गराइ सकिएको जनाईएको छ।  

उनको  घरमा १५ बर्षकी एक छोरी छन्। यस्तै मृतकका एक छोरा भारतमै रहेका छन। 

उनी दुई वर्ष अघिदेखि भारत मै रोजगारीमा रहेका थिए। 

कमेन्ट लोड गर्नुस