सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोरुले हानेर घाईते भएकी बालिकालाई उपचार सहयोग जुट्दै

२०७५ भदौ २८, ०५:४५

स्कुल जादा गोरुले हानेर गम्भीर घाईती भएकी डोटीकी एक बालिकालाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका ८ बस्ने १३ बर्षीया लाली कुन्जेडाको उपचारका लागि डोटी चेम्बर अफ कर्मसका पदाधिकारीको पहलमा २० हजार ५ सय ५५ तथा स्थानीय नेपालपथ दैनिकका कम्प्युटर अप्रेटर र शिक्षा अनलाईनका समाचारदाता मोहन पनेरुले एक हजार उपचार खर्च उपलब्ध गराएका छन । ती बालिकाको भदौ २१ गते बिद्यालय जाने क्रममा गोरुले हान्दा भुडी च्यात्तिएर आन्द्रा बाहिर निस्किएको थियो । गोरुले हानेर गम्भीर घाईते भएकी बालिकाको डोटीको पिपल्ला स्थित शैलेश्वरी अस्पतालमा उपचार भईरहेको छ ।
 

कमेन्ट लोड गर्नुस