सुदूर नेपाललाई विश्वसँग जोड्दै

मदन भण्डारी स्मृति खेलकूद मैदान बन्दै

। फोटो स्रोत ।
२०७७ माघ २८, ०४:५१ रासस

वाग्मती : मकवानपुरको मनहरि गाउँपालिका–७ को रमौलीमा २० बिघा जमीनमा मदन भण्डारी  स्मृति खेलकूद मैदानका साथै आवश्यक पूर्वाधार निर्माण सुरु भएको छ ।  

पहिलो चरणमा खेलकूद मैदानको परिसर निर्माण सुरु भइरहेको छ । पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो खेलकूद मैदानका रुपमा यसलाई विकास गर्न लागिएको जनाइएको छ ।  

गाउँपालिकाले जग्गा उपलब्ध गराई विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि मैदान निर्माण प्रारम्भ भएको गाउँपालिकाका अध्यक्ष एकराज उपे्रतीले बताए । 

दान निर्माणका लागि वाग्मती प्रदेश सरकारले ४० लाख तथा सङ्घीय सरकारले ३० लाख उपलब्ध गराएका छन् । मैदान पूर्वाधार निर्माण पूरा गर्न ५४ करोड लाग्ने जनाइएको छ ।    

कमेन्ट लोड गर्नुस