कैलालीमा बलात्कार गरी फरार भएका चन्द बझाङबाट पक्राउ
२०७७ माघ २८, ०२:०६
धनगढी: प्रहरीले बलात्कार मुद्धामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।
कैलालीमा २०७६ सालमा दर्ता भएको जबरजस्ती करणी मुद्दामा संलग्न भई हालसम्म फरार रहेका बझाङको जयपृथ्वी नगरपालिका–८ पैयातोलाका ४२ वर्षीय नरेन्द्रबहादुर चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीका अनुसार बुधबार घरबाटै पक्राउ परेका चन्दलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ।
कमेन्ट लोड गर्नुस