सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्डफ्लू नियन्त्रणका लागि दार्चुलाका सीमा नाकाहरुमा कडाई

२०७७ माघ २७, ०३:४२ खबर संवाददाता

दार्चुला: बर्डफ्लू नियन्त्रणका लागि दार्चुलाका सीमा नाकाहरुमा थप कडाई गरिएको छ। 

भारतबाट वैध तथा अवैध श्रपमा भित्राइने पंक्षीजन्य बस्तुहरुबाट बर्डफ्लू रोग आउने जोखिम रहेको भन्दै माघ १५ गतेदेखि नै नेपाल–भारत जोड्ने सिमा नाकाहरुमा विशेष कडाइ गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समितिको माघ १४ गते बसेको बैठकको निर्णय अनुसार जिल्लाका सम्पूर्ण सिमा नाकाहरुमा कडाई गरिएकोे भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख देवीदत्त भट्टले बताए। 

कमेन्ट लोड गर्नुस