सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ३ जना पनि भारतमा फुटेको हिमतालमा बेपत्ता

२०७७ माघ २७, ०३:३१ खबर संवाददाता

धनगढी: आइतबार भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता हुनेमा सुदूरपश्चिमका ३ जना समेत रहेका छन्।

बेपत्ता भएका १ सय १५ जना मध्यै कैलालीका ३ जना पनि रहेको स्थानीय प्रशासनले जानएको छ।

बेपत्ता हुने नेपालीहरुमा कैलालीको टिकापुरका सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन्। स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ।

स्थानीय प्रशासनले १ सय १५ जनाको नाम सार्वजनिक गरेपनि २ सयभन्दा बढी व्यक्ति वेपत्ता भएको समाचार आइरहेको छ। 

आइतबार बिहान साढे १० बजे हिमनदी फुटेपछि धौलीगंगा (ऋषिगंगा) नदीमा ठूलो बाढी आएको थियो।

अहिलेसम्म २० जनाभन्दा बढीको शव फेला परेको छ भने ऋषिगंगा हाइड्रोपावर लगायतका जलविद्युत आयोजनाको सुरुङमा फसेका मजदूरहरुको उद्दार कार्य तिव्र रुपमा भइरहेको छ। ऐजेन्सी


 

कमेन्ट लोड गर्नुस