सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय महिला लिग फूटबलमा आज २ खेल हुँदै

२०७७ माघ २७, ११:४४ रासस

काठमाडाैं : राष्ट्रिय महिला लिग फूटबलको दोस्रो चरणअन्तर्गत मंगलवार २ खेल हुँदैछन्।

पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फूटबल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ः०० बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुनेछ।

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनाएको छ।

सोमवार सम्पन्न खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलअन्तरले पराजित गरेको थियो। एपीएफ ७ खेलबाट २१ अंक जोड्दै लिगको शीर्षस्थानमा छ।

लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब छ। आर्मीले ७ खेलमा १५ अंक जोडेको छ। 

कमेन्ट लोड गर्नुस