सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथी हत्या प्रकरणः “माैन बस्दा क्षति भो” भन्दै धनगढीमा प्रदर्शन

२०७७ माघ २७, ०६:२८ खबर संवाददाता

धनगढीः धनगढी नगर बाल सञ्जालले भागरथी भट्टको न्यायको माग गर्दै धनगढीमा प्रदर्शन गरेको छ। 

पार्कमोडदेखि सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसम्म बिरोध र्याली निकालिएको हो। बाल सञ्जालले “उठौ सबै अति भो, मौन बस्दा क्षति भो” लेखिएको व्यानरसहित प्रदर्शन गरेको हो। 

गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथी बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा फेला परेकी थिइन्।  उनको बलात्कारपछि घाँटी रेटेर हत्या गरिएको खुलेको छ। 

कमेन्ट लोड गर्नुस