अत्तरियामा भलिबल प्रतियोगिता हुने
धनगढीः कैलालीको अत्तरियाममा भलिबल प्रतियोगिता हुने भएको छ।
आयोजक गोदावरी युवा क्लवले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ८ गतेदेखि प्रतियोगिता सुरु हुने बताइएको छ। ‘गोदावरी कप खुल्ला भलिबल’ प्रतियोगितामा प्रथम हुने समूहले ५१ हजार नगद, ट्रफी र प्रमाण पत्र पाउने छ। दोस्रो हुने समूहले २५ हजार नगद र प्रमाण पत्र पाउने छ। प्रतियोगितामा सेमिफाइनलमा पुग्ने २ समूहले नगद ५/५ हजार पाउने छन्।
वेष्ट खेलाडीलाई नगद ५ हजार, ट्रफी र प्रमाण पत्र, वेष्ट डिफेन्डरलाई नगद २ हजार, वेष्ट स्पाइकरलाई नगद २ हजार पुरस्कार दिइनने संयोजक मान बहादुर राईले बताए। खेलको मुख्य प्रायोजकको रुपमा गोदावरी नगरपालिका वडा नम्बर ४ रहने छ। प्रतियोगिता प्रदेशभरका १६ टिमको सहभागिता रहने आयोजकले बताएको छ।