सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा रगताम्य अवस्थामा पुरुषको शव फेला

२०७७ माघ २४, ०१:३० खबर संवाददाता

दार्चुला: दार्चुलामा रगताम्य अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको नौगाड गाउँपालिका–६ कपडे भीरको तल खोला किनारमा शनिबार ती पुरुषको शव फेला परेको हो। 

देथला–खार–खलंगा सडकको तल खोला किनारमा फेला परेको शव पहिचान तथा घटनाको अनुसन्धानका लागि होपरीगाढ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

रगताम्य अवस्थामा शव फेला परेकाले सडकबाट भीरमा खसेको हुन सक्ने आशंका गरिएको छ। 

कमेन्ट लोड गर्नुस